छात्रामैत्री शौचालय निर्माण

इनेप्लिज २०७२ असोज ८ गते ४:४८ मा प्रकाशित

girls-toiletपाल्पा, ८ असोज । जिल्लाका सामुदायिक विद्यालयमा छात्रामैत्री शौचालय निर्माण भएपछि छात्राहरुलाई सहज भएको छ ।

छात्रामैत्री शौचालयको अभावमा छात्रालाई समस्या हुँदै आएकामा शौचालय निर्माणपछि उनीहरु महिनावारी भएको अवस्थामा पनि नियमित रुपमा विद्यालयमा आउन थालेका छन् ।

जिल्लामा विसं २०६८ देखि २०७२ असारसम्म २०६ वटा छात्रा शौचालय निर्माण भएको जिल्ला शिक्षा कार्यालय पाल्पाको प्राविधिक दीपेन्द्र बस्यालले जानकारी दिनुभयो ।

जिल्ला शिक्षा कार्यालयले विसं २०६८ देखि २०७० सम्म १०८ विद्यालयलाई प्रतिशौचालय रु दुई लाखका दरले अनुदान रकम प्रदान गरेको थियो भने २०७१ सालमा ९८ वटा विद्यालयलाई रु दुई लाख पचास हजारका दरले अनुदान रकम वितरण गरेको थियो ।

ती शौचालय निर्माणमा करिब रु चार करोड ५४ लाख खर्च भएको जानकारी जिशिकाले दिएको छ ।

प्रतिक्रिया