श्रीमतीको हत्या गर्दा सर्वस्वसहित जन्मकैद

इनेप्लिज २०७२ असोज ७ गते १२:३३ मा प्रकाशित

hatya-imageमन्थली, ७ असोज । जिल्ला अदालत रामेछापले आफ्नै श्रीमती मारेको अभियोगमा पक्राउ परेका रामेछाप नगरपालिका–४ का २९ वर्षीय रमेश विकलाई सर्वस्वसहित जन्म कैद गर्ने फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश किरणप्रसाद शिवाकोटीको इजलासले बुधबार नै उक्त फैसला सुनाएको हो । सेनामा कार्यरत विकले घरमा आएका बेला गत साउन २३ गते आफ्नै कान्छी पत्नी चन्दा खत्री (विक) लाई कुटपिट गरी हत्या गरेर मन्थली नगरपालिकाको तिलेचौर जङ्गलमा फालेका थिए ।

पत्नीको हत्यापछि उनको साथमा रहेकी १४ महिनाकी दुधे बालिकालाई समेत रातभर जङ्गलमा नै छाडेर हिँडेका थिए । प्रहरीले विकलाई घटना घटेकै भोलिपल्ट उनको घरबाटै पक्राउ गरेको थियो । पक्राउ परेका विकले हत्या आफूले गरेको स्वीकारसमेत गरेका छन् । विकविरुद्ध प्रहरीले एक महिना पहिले नै कडा सजायको माग गर्दै जिल्ला अदालत रामेछापमा कर्तव्य ज्यान मुद्दामा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया