खाना पकाउने ग्यासको अभाव

इनेप्लिज २०७२ असोज ६ गते ७:५५ मा प्रकाशित

LPG-GAS-cylinderसप्तरी, ६ असोज । मधेसी मोर्चाले लगातार बन्द जारी राखेपछि सप्तरीमा खाना पकाउने ग्यासको अभाव भएको छ ।

मोर्चाले लगातार ४० दिनदेखि जारी राखेको आमहडतालका कारण यहाँको अधिकांश ग्यास डिलर सुनसान देखिन्छ । बन्दका कारण यातायातका साधन नचल्दा ग्यास ढुवानी गर्न सकिएको छैन ।

राजविराजमा एक साता अगाडि प्रहरीको स्कटिङबाट ९०० कोसी ग्यास ढुवानी गरिएको थियो । यसले पनि अपुग भएपछि राजविराजमा ग्यासको अभाव भएको कोसी ग्यासका बिक्रेता रामबाबु दासले बताउनुभयो ।

जिल्लाको अन्य सहरमा पनि ग्यासको अभाव देखिन्छ । सानो बजारमा व्यापारीले कालोबजारी गरी सिलिन्डरको प्रत्येक लिटरमा रु १५० देखि रु २०० लिएर बिक्री वितरण गरिरहेको उपझोक्ताबाट गुनासो आउन थालेको छ ।

राजविराजमा महिनाको तीन हजारभन्दा बढी ग्यास सिलिन्डरको खपत हुने गरेको छ ।

प्रतिक्रिया