चितवनमा संविधान जलाइयो

इनेप्लिज २०७२ असोज ५ गते ०:५२ मा प्रकाशित

रत्ननगर, ४ असोज
नेपालको संविधान २०७२ को खारेजीको माग गर्दै नेकपा–माओवादीले आज चितवनका विभिन्न स्थानमा संविधान जलाएका छन् । माओवादीले आज पूर्वी चितवनको पर्सा, माडीको वसन्तपुर र भरतपुरको चौबिसकोठीमा कोणसभाको आयोजना गरी संविधान जलाइएको नेकपा–माओवादीका जिल्ला सदस्य उत्तम सिंखडाले जानकारी दिए । माडीमा आयोजित कार्यक्रममा जिल्ला सदस्य देवीलाल पौडेल, पर्सामा आयोजित कार्यक्रममा जिल्ला सह–इन्चार्ज घननाथ सापकोटा र भरतपुरमा आयोजित कार्यक्रममा जिल्ला इन्चार्ज ज्ञानु बस्नेतले मन्तव्य व्यक्त गर्दै जन विरोधी संविधान तत्काल खारेज हुुनपर्ने र जनपक्षीय संविधान निर्माणमा सबै एकजुट हुन आव्हन गर्दै संविधान जलाइएको जिल्ला सदस्य सिंखडाले जानकारी दिए ।
‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘
नयाँ संविधानको घोषणा सँगै संविधान चोक नामाकरण
शिशिर सिंखडा
रत्ननगर, ४ असोज
पूर्वी चितवनको रत्ननगर १५ स्थित भट्टचोकको नाम परिवर्तन गरी एक कार्यक्रमका बिच आजबाट संविधान चोक नामाकरण गरिएको छ । स्थानीय माधवपुर बचत तथा ऋण समूहको आयोजनामा भएको कार्यक्रममा स्थानीयले वडाका विभिन्न क्षेत्रमा ¥याली गरी नयाँ संविधान घोषणा भएको खुशीयालीमा कोणसभा समेत गरेका थिए । समूहका अध्यक्ष शिव तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भिमसेन सिंखडा, कोषाध्यक्ष बुद्धि अधिकारी, संस्थापक अध्यक्ष हेमलाल तिवारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
त्यसैगरी
पूर्वी चितवनको जुटपानी १, कमलचोक स्थित शिव पञ्चाङ्ग मन्दिरको आयोजनामा पनि नयाँ संविधान घोषणा भएको खुशीयालीमा आज चियापान कार्यक्रम गरिएको थियो । संस्थाका अध्यक्ष टलकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय समाजसेवी चेतबहादुर थापा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा संस्थाका सचिव नन्दलाल लामिछाने, स्थानीय रामेश्वर विष्ट, सिर्जना कोइराला, अमृता देवकोटा, पदम बहादुर विष्ट, तोरण बहादुर थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया