प्रधानसेनापतिद्वारा पूर्वाञ्चल क्षेत्रमा तैनाथ एकाइको निरीक्षण

इनेप्लिज २०७२ असोज ४ गते १२:५४ मा प्रकाशित

rajendraकाठमाडौँ, ४ असोज । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले धनकुटास्थित नवनिर्मित निशान भगवती मन्दिरको आज उद्घाटन गर्नुभएको छ ।

उहाँले आजै पूर्वी पृतना हेडक्वाटर अन्तर्गतको नं २ बाहिनी अड्डा तथा सो अन्तर्गतका श्रीमेहर गणको निरीक्षण भ्रमणसमेत गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सो अवसरमा सकल दर्जालाई सम्बोधन गर्दै उहाँले उच्च मनोबलका साथ निःस्वार्थ भावनाले अभिप्रेरित भएर अनुशासित, संयम एवम् पेसेबार ढङ्गले कटिबद्ध भइ लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया