कुवेतमा योङहाङको मृत्यु

इनेप्लिज २०७२ असोज ४ गते ४:३५ मा प्रकाशित

दमक, ४ असोज । वैदेशिक रोजगारीका लागि कुवेत पुगेका झापा, शिवसताक्षी नगरपालिका–८ बाइसबिघे निवासी गङ्गाप्रसाद योङहाङको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

रोजगारीका क्रममा १६ महिना अघिदेखि कुवेतस्थित अल्मलिया कम्पनीमा कार्यरत योङहाङको दुई दिनअघि दुर्घटनामा परेर ज्यान गएको मृतकका मामा भगिहाङ नेम्वाङले जानकारी दिनुभयो । मृतक योङहाङका श्रीमती, एक छोरा र एक छोरी छन् ।

मृतकको शव ल्याउन पहल गरिदिन पीडितका परिवारले सरकारसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया