विराटनगरमा झडप

इनेप्लिज २०७२ असोज ३ गते १४:१० मा प्रकाशित

विराटनगर, ३ असोज । प्रहरी र बन्दकर्ताबीच विराटनगरको जनआन्दोलन चोकमा आज साँझ झडप भएको छ ।

बिहानैदेखि शान्त एवम् उल्लासमय वातावरण रहेको विराटनगर झडपपछि तनाबग्रस्त बनेको छ । संयुक्त मधेसी मोर्चाले जारी राखेको कोणसभामा भागदौड भएपछि झडपको अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ ।

ठूलो सङ्ख्यामा रहेका बन्दकर्ताले भाग्ने क्रममा नजिकै रहेको बसपार्कमा एउटा बसमा तोडफोड गरेका छन् । उनीहरुले ट्राफिक प्रहरीको विटमा समेत तोडफोड गरेका छन् ।

बन्दकर्ताको तर्फबाट ढुङ्गामुढा प्रहार भएपछि अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास र दुई राउन्ड रबरको गोली प्रहार गरेको प्रहरी नायब उपरीक्षक प्रमोद खरेलले जानकारी दिनुभयो ।

सङ्घीय समाजवादी फोरम नेपालका मोरङ अध्यक्ष राजकुमार यादवले प्रहरीको गोलीबाट दुई बन्दकर्ता घाइते भएको बताउनुभयो ।

प्रतिक्रिया