युवतीलाई ड्राइभरले जिस्क्याउन थालेपछि
रामेछाप, ३ असोज । शनिबार रामेछापको फर्पु–१ सिस्नेरीमा ३९ जना घाइते हुने गरी भएको ट्याक्टर दुर्घटनामा ट्र्याक्टरमा सवार युवतीलाई ड्राइभरले जिस्क्याउन थालेपछि ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना भएको घाइतेले बताएका छन् ।
रामेछापको खिम्तिबाट फर्पु जाँदै गरेको ना ४ त ४०३२ नम्बरको ट्र्याक्टर फर्पु गाविस–१ को सिस्नेरीमा दुर्घटना भएको थियो । घरायसी प्रयोजनमा प्रयोग हुने खाद्यान्न र नौ बोरा कुखुराको दाना बोकेको ट्र्याक्टरमा चालकको नजिकै तीन युवती बसेको र तिनै युवतीसँग जिस्कने क्रममा दुर्घटना भएको सामुदायिक अस्पताल मन्थलीमा उपचार गराइरहेका फर्पु–५ का तीर्थ बिरक्त पाख्रिनले बताए ।
युवतीसँग जिस्कने क्रममा धेरै हल्ला भएको र हल्ला नगर्न भनेर आपूmले सल्लाहा दिएको भएपनि ड्राइभरले नमानेकाकारण दुर्घटना भएको दुर्घटनामा परी मन्थलीको सामुदायिक अस्पतालमा उपचार गराइरहनुभएका फर्पु–३ चण्डीथानका तुलसी सुनुवारले बताए ।
यता प्रहरीले भने कच्ची र उकालो बाटोमा ट्र्याक्टरमा धेरै लोड भएको र ट्र्याक्टरको टेलर र इन्जिन एक आपसमा छुट्टिएर दुर्घटना भएको जनाएको छ ।
ट्र्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको थियो ।
शुक्रबार मात्रै रामेछापको मन्थली नगरपालिका–७ मा यात्रुबाहक बस दुर्घटनामा परी आठ जनाको ज्यान गएको थियो भने ४२ जना घाइते भएका थिए ।
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
बाइडेनलाई राष्ट्रपति हुन नदिन सशक्त रुपमा लागेका दुई सिनेटर क्रुज र हले बिरुद्ध सिनेटमा नैतिक उजुरी पेश
प्रतिक्रिया