आगलागी हुँदा लाखौँको क्षति

इनेप्लिज २०७२ असोज ३ गते ८:२८ मा प्रकाशित

aaglagi1महोत्तरी, ३ असोज । महोत्तरीको बर्दिवासमा आज बिहानै एक मोटर पार्टस् टे«डर्समा आगलागी हुँदा लाखौँको क्षति भएको छ । बर्दिवासस्थित भोला वसन्त चोकमा सञ्चालित विपिन मोटर पार्टस् टे«डस्मा आगलागी हुँदा रु सात लाख बराबरको क्षति भएको हो ।

पसल सञ्चालक विपिन साहका दुई वर्षीय छोरा विराज साहले मैनबतीसँग खेल्ने क्रममा पसलमा आगलागी भएको प्रहरीले जनाएको छ । सो आगलागीमा परी बालक विराज गम्भीर घाइते भएका छन् ।

बालक विराजको उपचार स्थानीय शुभस्वतिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । पसलमा राखिएको इन्धनबाट सल्केको सो आगोका कारण पसलमा रहेको ट्युब, टायर, मोटर पार्टस्, पेट्रोललगायतका सामान जलेर नष्ट भएको प्रहरी निरीक्षक चन्देश्वर यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया