खोटाङ्ग जिल्लाका पुर्व सभापति राईको निधन

इनेप्लिज २०७२ असोज २ गते २०:४० मा प्रकाशित

IMG_1455

खोटाङ्ग जिल्लाका पुर्व सभापति तथा समाजसेवी श्री दिप बहादुर राईको निधन भएको छ ।केहि समय देखि अस्वस्थ रहेको राईको भाद्र २३ गते बेलुका रातको ११.०० बजे बि. एण्ड बि अस्पतलामा निधन भएको हो । उनको विहिवार पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको थियो । राईले दुई कार्यकाल (२०३३–२०४१ साल सम्म)जिल्लाको सभापति पदमा रहेर कार्यभार संभालेका थिए ।

उनि निकटस्थहरुले राईलाई एक स्वच्छ छवि बनाएका ब्यक्तित्वको रुपमा लिने गरेको छन् ।उनको कार्यकालमा एक अस्पतालमा, एक क्याम्पस र छ वटा हाइस्कुल स्थापना गर्नु भएको थियो । अस्पताल र क्याम्पस त्यो बेला जिल्लाभरिमै सबै भन्दा पहिले स्थापना भएको थियो । समाजसेवा तथा विकास निर्माणको क्षेत्रमा समेत उनले चासो दिने गरका थिए ।

देशमा बहुदल आए पछि उनले कुनै राजनैतिक दलको नेता तथा कार्यकर्ताको रुपमा भन्दा पनि समाजसेवा तथा विकासको कार्यहरु गरेर जिवन विताउँदै आएका थिए ।

प्रतिक्रिया