रुकुममा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा आएन

इनेप्लिज २०७२ असोज २ गते ३:५९ मा प्रकाशित

रुकुम, २ असोज । रुकुममा फैलिएको भाइरल ज्वरो अझैसम्म नियन्त्रणमा आउन सकेको छैन ।

असार महिनादेखि फैलिएको भाइरल ज्वरो (मौसमी रुघाखोकी) स्थानीयले सामान्य कुरामा पनि ख्याल नगर्दा यो रोग फैलिएको स्वास्थ्यकर्मीको भनाइ छ ।

अहिले जिल्ला स्वास्थ्य कार्यालयमा दैनिक १५० बिरामी जाँच गर्न आउनेमा भाइरल ज्वरोको मात्रै १०० जना हुने गरेको कार्यालयले जनाएको छ । जिल्लाका अन्य स्वास्थ्य संस्थामा पनि भाइरल ज्वरोको बिरामीको त्यत्तिकै चाप रहेको छ । मानिसको भीडभाडमा जाँदा मास्क लगाएर जाने, हाँछ्युँ गर्दा रुमालले मुख छोप्ने, बिरामी मानिससँग हात तथा अङ्कमाल नगर्न र सफा तथा उमालेको पानी पिउन चिकित्सकले सल्लाह दिएका छन् ।

यस्तै १५ श्ययाको जिल्ला अस्पतालमा अहिले २० देखि २५ जनासम्म बिरामीलाई भर्ना गर्नुपरेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया