गोठ सुधार कार्यक्रमपछि दुग्ध उत्पादनमा सुधार

इनेप्लिज २०७२ असोज २ गते ३:५६ मा प्रकाशित

milk-collection_gपाँचथर, २ असोज । जिल्लामा गोठ सुधार कार्यक्रम सम्पन्न भएयता दुग्ध उत्पादनमा सुधार आएको छ ।

व्यावसायिक पशुपालक कृषकलाई लक्षित गरी गत आवमा जिल्लाका रवि, सुभाङ, फाक्तेप, अमरपुर, नाङगीलगायत १६ वटा पशु गोठमा सुधार कार्यक्रम सम्पन्न भएको कार्यालयका वरिष्ठ पशु विकास अधिकृत मोगलप्रसाद शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुग्ध उत्पादन गोठ सञ्चालनमा सहजता भएको र कृषकको आम्दानीमा बढवा आएको छ ।

प्रत्येक गोठ सुधार कार्यक्रममा कार्यालयले रु २५ हजार अनुदान उपलब्ध गराएको थियो । यस्तै सो कार्यक्रमसँगै कृषकलाई १६ वटै गोठमा घाँस काट्ने मेसिन उपलब्ध गराएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया