कृषक भारतीय बजारमा दूध निर्यात गर्न बाध्य

इनेप्लिज २०७२ असोज १ गते ४:३९ मा प्रकाशित

खजुरा (बाँके), १ असोज । बाँके जिल्लाको विकट राप्तीपारि क्षेत्रअन्तर्गत पर्ने अधिकांश गाविसका किसान भारतीय बजारमा दूध निर्यात गर्न बाध्य छन् ।

नेपालगन्ज बजारसम्म सहज यातायातको सुविधा नभएका कारण जिल्लाको राप्तीपारिका केही गाविसमा उत्पादित दूध सीमापारि भारतीय बजारमा निर्यात हुने गरेको किसान बताउँछन् ।

सो क्षेत्रको बैजापुर, काँलाफाटा, लक्ष्मणपुर, गङ्गापुर, बिनौना, मटेहिया, कट्कुइँया र नरैनापुर गाविसका किसानले भारतीय बजारमा दैनिक एक हजार लिटरभन्दा बढी दूध बिक्री गर्दै आएका छन् ।

‘यातायातको सहज पहुँच नभएका कारण कृषकले भारतीय बजारमा दूध बिक्री गर्नुपरेको हो’ स्थानीय कृषक मुन्ना यादवको दुःखेसो छ । जिल्ला पशु सेवा कार्यालयका अनुसार नेपालगन्जमा आवश्यक पर्ने दैनिक करिब २० हजार लिटर दूधमध्ये हाल करिब १५ हजार लिटर मात्र उपलब्ध गराउन सकिएको छ ।

प्रतिक्रिया