भटभटे भन्दा पाखे किन भैयो

इनेप्लिज २०७२ भदौ ३१ गते २२:२८ मा प्रकाशित

bijay-2

२० बर्ष देखि नेपाली मात्र शब्द प्रयोग गर्ने अभियानमा लागेको यो पंक्तिकारलाई नेपालमा भटभटे भनि बारम्बार प्रयोग गरेकोले पाखे भन्ने पटक पटक आरोप लगाईयो l वस्त्र लगाउदा पेसाले चिटिक्क पर्ने भएकोले रुप हेर्दा माथि अनकन्टार ठाउँमा बस्ने जस्तो नलाग्ने देखिएकोले पाखे भन्नु अगाडी तल देखि माथि सम्म एक पटक ज्यानलाई हेर्ने पनि गर्थे l

यो अभियानमा यस्ता कैयौ घटना भए तर केहि छैन l नौलो कुरा दिनु र नया कुरा ल्याउनु त्यति सजिलो छैन l एक महिना हैन ,१२ महिना पनि हैन l त्यस्ता १२ जस्ता महिना २० बर्ष भटभटे भनेर नै बिताईयो l अब विदेशमा भए पनि बिदेशीलाई बाईक र नेपाली मुलक सबैलाई उही भटभटे बाट नै सम्बोधन गर्न हिचकिचाउदिन l

नेपाली शब्द खेलाउने क्रममा झल्यास भटभटे शब्दलाई सम्झन पुगे l यसलाई चिरफार गर्न मन लाग्यो l कम मानिसले सुनेको शब्द भटभटे l हो के भटभटे ? अहिले भटभटे भन्नु भयो भने तपाई पुरा पाखे कहलिनु हुन्छ l कसैले यो शब्द सुन्न साथ हासेर मुर्छा पनि पर्लान l अहिलेको युगमा यस्तो शब्द प्रयोग गर्ने मानिस फेला परेछ भनि अनेक नामले सम्बोधन गर्लान भन्ने ठुलो पिर छ l

कलम चलाउनेले टिका टिप्पणी सहनु पर्छ l पृष्ठ पोषण बाट व्यक्ति लेखक खारिन्छन l मेरो गोरुको बार्है टक्का भने हो भने मानिस उधोतिर जान्छ र उभो जान सक्दैन l भटभटे भनेको भटभट गरेर कराउने दुई पाङ्ग्रे स्वचालित मानिस बोक्ने यान हो l यो बिशुद्ध तरिकाले ब्याख्या गर्ने तरिका l सरल भाषामा भटभट गर्ने चाही हो तर यसलाई आधुनिक युगमा बाइक भनिन्छ l बाइकले पनि पुरा अर्थ दिदैन तर अगाडीको अंक्षर अधिकांश रुपमा पोलेर खाने हुनाले बाइक भनिने गरिन्छ l तर पुरा नाम भन्नु पर्दा मोटर बाइक l

भटभटे तपाईले झुक्किएर पनि नभन्नु होला किनभने त्यो भन्नु भयो भने तपाई पाखे र पहाड या मधेसको कुन कुना बाट आएको आरोप लाग्दछ l र ,यदि यहा पढे लेखेको हुनु हुन्छ भने प्रति प्रश्न गरि हाल्नु हुनेछ l नेपाली शब्द कोषमा भटभटे शब्दको खोज गर्नु भयो भने सायद पाउनु हुने छैन तर पर्यायवाची शब्दहरुको खोज गर्नु भयो भने पाउन पनि सकिन्छ l बीस बर्ष देखि अनवरत रुपमा प्रयोग गर्दै आएको शब्द भटभटे l अहा कति राम्रो शब्द l किनभने यस्मा मिठास छ l मेरो कानले राम्रो सुन्दछ l निरन्तर रुपमा तपाई जे सुन्नु हुन्छ l त्यो बिस्तारै राम्रो लाग्दै जान्छ l

प्रयोग गरि रहने हो भने त्यहि शब्द हृदयमा बस्न सक्दछ भने त्यो शब्द कालजयी पनि हुन्छ l म जहिले पनि यहि शब्द प्रयोग गर्ने गरेको छु l म २० बर्ष देखि याद भए सम्म पंक्तिकारले नेपाली समुदायमा बाईक या मोटर बाइक भनि उच्चारण गरेको छैन l

हाल मेरो मुखारबिन्दमा स्वत :रुपमा भटभटे आई हाल्छ l अब त अंग्रेजी नाम पो भुल्ने हो कि भन्ने डर लाग्न थालको छ किनभने बसाई अमेरिकामा छ l दुई दशक देखि नेपाली समुदाय संग विचार बिमर्श या बिचार सम्प्रेषण गर्दा या कुराकानी गर्दा बिशुद्ध नेपाली भाषा मात्र प्रयोग गर्ने भनि गरिएको अभियान भएकोले यो शब्द नै मेरो लागि प्रेरणा दयाक बन्न पुगेको छ l

प्रारम्भिक चरणमा भटभटे भन्दा साथीभाई तथा समूहमा हास्यको पात्र धेरै पटक भैयो l त्यसमा मेरो टाउको दुखाई भएन किनभने जुन उदेश्यले बिशुद्ध नेपाली भाषा प्रयोग गर्ने अभियानमा लागिएको थियो l त्यो शब्द प्रयोग अनिवार्यता थियो l

नेपालको बिभिन्न गाउँ ,हिमाल ,कुना ,कन्दरा ,तराईका भित्रि मदेश ,लेक र बेसीको यात्रा गर्नु पर्ने पेसामा संलग्न भएकोले यात्राको क्रममा समुदायले प्रयोग गर्ने शब्दबाट टिपेकोले आफुले मोटर बाइकलाई भटभटे भन्न सुरु गरेको हु l मदेशमा फट फटिया भन्ने गरिन्छ l

अहिले भन्न सक्दिन तर २०-३० बर्ष अगाडी गाउँ र पहाडमा भटभटे भन्ने सुनेकोले यो शब्दले मोहनी लगाएकोले भट भटे भन्न श्री गणेश गरेको हु l सायद भटभटेको धुवा नली बाट धुवा फ्याक्दै र चालु गर्दा त्यो आवाज निस्किएकोले त्यो आवाजलाई नै भटभटे नामाकरण गरिएको हुनु पर्दछ भन्ने लागेको छ l

भटभटे भन्दा तपाई पाखे पनि हुनु हुन्न l तपाईलाई पहाड या मदेशको खोंचबाट आएको भन्ने आरोप पनि लाग्ने छैन l र, तपाईले भटभटे भन्ने बित्तिकै तपाई सानो पनि हुनु हुन्न l तपाईको सम्पत्ति पनि घट्दैन l तपाईलाई समुदायले नकारात्मक रुपमा पनि हेर्ने छैनन l नेपालीहरुले आफ्नो जीवन कालमा यो दुई पांग्रे सवारी साधन भटभटे जसले पनि कुदाएकै हुने पर्छ l नेपालीको पहिलो वहान नै भटभटे बाट सुरु हुन्छ l त्यस पछि चार पाङ्ग्रे हुन्छ l आफुले चढी र कुदाइ सकेको यानलाई भटभटे भन्न किन लाज मान्ने ?

के अब भटभटे चलाउने हैन त ?

………………………………अस्तु

प्रतिक्रिया