एसएलसी पूरक परीक्षाको परीक्षाफल सार्वजनिक, ६६.९३ प्रतिशत उत्तीर्ण

इनेप्लिज २०७२ भदौ ३१ गते ४:३२ मा प्रकाशित

slcभक्तपुर, ३१ भदौ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसी पूरक (मौका) परीक्षाको परीक्षाफल आज सार्वजनिक गरेको छ ।

परीक्षामा कुल ८३ हजार ७८ जना अर्थात् ६६.९३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारेले जानकारी दिनुभयो ।

परीक्षामा छात्रतर्फ ५५ हजार ३८२ र छात्रातर्फ ६८ हजार ७४६ जना गरी एक लाख २४ हजार १२८ परीक्षार्थी सहभागी भएका थिए ।

जसमा छात्रतर्फ ३८ हजार ३९९ जना र छात्रातर्फ ४४ हजार ६७९ जना उत्तीर्ण भएका छन् ।

कार्यालयले २०७१ सालको एसएलसी परीक्षामा दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका लागि मौका परीक्षाका रुपमा गत साउन २० गतेबाट एसएलसी पूरक परीक्षा सञ्चालन गरेको थियो । उत्तीर्ण परीक्षार्थीले यसवर्षदेखि नै कक्षा ११ अध्ययन गर्न पाउने भएका छन् ।

प्रतिक्रिया