दुई घण्टाका लागि निषेधाज्ञा हटाइयो

इनेप्लिज २०७२ भदौ २६ गते १२:२० मा प्रकाशित

जनकपुरधाम, २६ भदौ । सीमाकङ्नको विरोध गर्दै आन्दोलनमा रहेको संयुक्त मधेसी मोर्चा र प्रहरीबीच भएको झडपमा परी तीनजनाको मृत्यु भएपछि स्थानीय प्रशासनले हिजोदेखि लगाएको अनिश्चितकालीन निषेधाज्ञामा दुई घण्टाका लागि खुल्ला गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबारदेखि लगाएको निषेधाज्ञा आज साँझ ६ बजेदेखि ८ बजेसम्मका लागि खुल्ला गरिएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

बिहानदेखि उग्र प्रदर्शन नभएको कारणले स्थानीय प्रशासनले दुई घण्टाका लागि निषेधाज्ञा हटाएको हो । निषेधाज्ञा हटाइएपछि बजारमा चहपहल बढेको छ ।

प्रतिक्रिया