झडपमा चारको मृत्युः जनकपुर दङ्गाग्रस्त क्षेत्र घोषित

इनेप्लिज २०७२ भदौ २५ गते १६:२५ मा प्रकाशित

Janakpur-Jhadap

जनकपुरधाम, २५ भदौ । जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच भएको झपडमा प्रहरीको गोली लागी चार जनाको मृत्यु भएको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोडेकाले प्रहरीले चलाएको गोलीबाट प्रदर्शनकारीको मृत्यु भएको हो । मृत्यु हुनेमा धनुषा जमुनियाँ गाविसका १५ वर्षीय नीतु यादव, सबैलाका विनोद साह, सद्भावना पार्टीका जिल्ला सदस्य २६ वर्षीय सञ्जय चौधरी र अरेरका १४ वर्षीय दिलीप यादव छन् ।

नितु र विनोदको जनकपुरको मिल्सएरिया तथा दिलीपको जनकपुरको पिडारी चोकभन्दा उत्तरतिर रहेको विश्वकर्मा मन्दिरको छेउमा खेलिरहेको समयमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको हो ।
यसैबीच स्थानीय प्रशासनले शान्ति सुरक्षालाई ध्यानमा राखी आजदेखि जनकपुरलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको छ ।

प्रतिक्रिया