पर्यटकीय मार्ग निर्माण तीव्र गतिमा

इनेप्लिज २०७२ भदौ २४ गते २:५० मा प्रकाशित

धुन्चे (रसुवा), २४ भदौ । भूकम्पपछि बिग्रेको लाङटाङको पर्यटकीय मार्ग मर्मत तीव्र गतिमा अगाडि बढेको छ ।

उपभोक्ता समितिका अध्यक्ष सुप्पा तामाङका अनुसार स्याफ्रुबेसीदेखि लाङटाङको गोरेटो बाटो मर्मतका लागि यार्सा क्षेत्रबाट ल्याइएको मजदुर र स्थानीयवासीको सहयोगमा तीव्र गतिमा काम अगाडि बढिरहेको छ ।

जिविसको रु १५ लाख सहयोगमा एक महिनाभित्र कार्य सम्पन्न गर्नेगरी काम अगाडि बढाएको र दैनिक कामका लागि ७० जना मजदुर क्रियाशील रहेको बताइएको छ । काम गर्ने मजदुरलाई ओएम नेपालको सहयोगमा हेलिकोप्टरद्वारा घोडातबेला पु¥याइएको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

गत वैशाख १२ को भूकम्पपछि नेपालको तेस्रो पर्यटकीय गन्तव्यअन्तर्गतका स्याफ्रुबेसीदेखि क्यान्जेनसम्मको पैदलमार्ग ठाउँठाउँमा भत्केपछि बाटो अवरुद्ध भएको र एक सय १६ घरका चार सय ९६ जना विस्थापित भई काठमाडौँको एल्लो गुम्बामा सरण लिइबसेको जानकारी दिँदै उहाँले पैदलमार्ग तयार भएपछि विस्थापित परिवारलाई पुनः स्थापना र पर्यटक प्रवद्र्धन गर्ने कार्यमा सबै एकजुट हुने बताउनुभयो ।

प्रतिक्रिया