शनिबार, मंसिर १३ २०७७
काठमाडौं १६:३७
वासिङटन डिसी 05:52

छोराद्वारा बाबुको हत्या

इनेप्लिज २०७२ भदौ २३ गते ४:४६ मा प्रकाशित

hatya-imageरत्ननगर (चितवन), २३ भदौ । चितवनमा एक थारू नेताको आफ्नै छोराले हत्या गरेका छन् ।

थारू कल्याणकारिणी सभा क्षेत्र नम्बर ४ का सभापति जीवनराम महतोको आफ्नै छोरा विश्वनाथ महतोले हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मङ्गलबार खुर्पा प्रहार गरी उनले बाबुलाई आक्रमण गरेका थिए । घरमै बसिरहेका बेला उनले खुर्पा प्रहार गरेर बाबुको हत्या गरेको स्थानीयवासीले बताएका छन् ।

उनलाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया