साक्षरता दिवसमा शिक्षक सम्मानित

इनेप्लिज २०७२ भदौ २३ गते २:२३ मा प्रकाशित

त्रिशूली (नुवाकोट), २३ भदौ । ‘दिगो विकासका लागि गुणस्तरीय शिक्षा, सबैका लागि सुरक्षित शिक्षण संस्था’ नाराका साथ अन्तर्राष्ट्रिय साक्षरता तथा ३६औँ राष्ट्रिय शिक्षा दिवसको अवसरमा मङ्गलबार यहाँ आयोजित कार्यक्रममा शिक्षकलाई सम्मान गरियो ।

कार्यक्रममा गत वर्ष छनोट भएका चण्डेश्वरी उच्चमावि तुप्चेका शिक्षक नारायणप्रसाद भण्डारी, भवानी उच्चमावि रानीपौवाका दीपक अधिकारी, शिलादेवी मावि रातमाटोका मेनका लामिछाने नेपाल र बागेश्वरी प्रावि जिलिङका कृष्णप्रसाद पुडासैनीलाई शिक्षा पुरस्कारको पदक तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो ।

कार्यक्रममा उमेरको कारण अवकाश प्राप्त गर्न लागेका आठ शिक्षकलाई दीर्घसेवा सम्मानपत्र प्रदान गरिएको थियो ।
यस्तै शिक्षाप्रेमी बन्दी निर्मा शेर्पा, च्वाडी पब्लिक उच्चमाविका अध्यक्ष लक्ष्मण श्रेष्ठ र भैरवी उच्चमाविका कर्मचारी नारायण शाहीलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, निमित्त स्थानीय विकास अधिकारी लोकनाथ रेग्मी, जिल्ला शिक्षा अधिकारी चन्द्रबहादुर खड्कालगायतले शिक्षक तथा शिक्षाप्रेमीलाई सम्मानपत्र तथा प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया