धरान अमेरिका सोसाइटीमा नया कार्यकारी समिति गठन

इनेप्लिज २०७२ भदौ २० गते १२:०७ मा प्रकाशित

अमेरिकी सरकारबाट कानुनी मान्यता पाएको धरान अमेरिका सोसाईटीको २०१५-२०१७ को कार्यकालको लागी नयाँ कार्यसमितीको चयन सर्बसम्मतिबाट सम्पन्न भएको छ l

५०१ (सी )मान्यता प्राप्त गैर मुनाफा सामाजिक संस्था धरान अमेरिका सोसाईटीको नयाँ कार्यसमितीमा ईक्षुक उम्मेदवार हुन् चाहनेको लागि दरखास्तको आब्हान निर्वाचन आयुक्तले गरेका थिए l

कार्यकारी समितिमा बाकी रहेको सदस्यहरुको चयन आन्तरिक रुपमा गरिने जानकारी संस्थाका नव निर्वाचित अध्यक्ष आर के धमलाले दिएका छन् l प्रमुख निर्वाचन आयुक्त समाज सेवी खेम भट्टचनले धरान अमेरिका समाजको निर्वाचन सर्ब सम्मतिबाट भएको उल्लेख गरेका छन l

नव निर्वाचित पदाधिकारीहरुमा आर के धमला अध्यक्ष ,प्रकाश कटुवाल, उपाधक्ष्य ,सुमन मानन्धर ,महा सचिब ,सीता काफ्ले कोषाध्यक्ष ,सुबास पोखरेल, सचिब तथा कार्यकारी समितिको सदस्यमा पशुपति घिमिरे सर्ब सम्मति बाट निर्वाचित भएका छन् l

प्रतिक्रिया