अठहत्तर घरेलु हिंसाका घटना प्रहरीमा दर्ता

इनेप्लिज २०७२ भदौ १८ गते ५:३५ मा प्रकाशित

mahila-hinsaइलाम, १८ भदौ । इलाममा पछिल्लो समय घरेलु हिंसाका घटना बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय, इलामले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आव २०७१÷७२ मा ७८ वटा घरेलु हिंसाका घटनासम्बन्धी निवेदन दर्ता भएका छन् ।

घरेलु हिंसाका घटनामा मादक पदार्थ सेवन गरी झँैझगडासम्बन्धी ३१, श्रीमान्ले श्रीमतीलाई मानसिक यातना दिएको २०, बहुविवाहका १४, परिवारका अन्य सदस्यसँग झैँझगडा सात, श्रीमतीलाई खान लाउन नदिएको छवटा घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका हुन् ।

जिप्रकाका सूचना अधिकारी ईश्वर थापाका अनुसार आर्थिक वर्ष ०६९÷७० मा ४७ र आव ०७०÷७१ मा ५८ वटा घरेलु हिंसासम्बन्धी निवेदन दर्ता भएका थिए ।
प्रहरीमा परेका निवेदनमध्ये गत आवमा ६० वटामा मिलापत्र भएका र बाँकी १८ वटालाई सरोकारवाला निकायमा पठाइएको सूचना अधिकारी थापाले बताउनुभयो । घरेलु हिंसासम्बन्धीका निवेदनमा पीडित र पीडकबीच मिलापत्र हुने बढी छन् । जिल्लामा मानव अधिकार मञ्च, मानव अधिकार सञ्जाल तथा शान्ति कार्य समूह प्याग नेपाल, महिला बालबालिका कार्यालयले समेत घरेलु हिंसाका घटनामा बहस पैरवी गर्दै आएका छन् ।

प्रतिक्रिया