लाखौँ मूल्य बराबरको मदिरा नष्ट

इनेप्लिज २०७२ भदौ १८ गते ५:३३ मा प्रकाशित

ilam_nepal_mapइलाम, १८ भदौ । पूर्वी इलामको सीमावर्ती क्षेत्रका विभिन्न चोर बाटोको प्रयोग गरेर भन्सार नतिरी नेपाल भित्र्याइएका लाखौँ मूल्य बराबरको मदिराजन्य पदार्थ प्रहरीले नष्ट गरेको छ ।

प्रहरीले आर्थिक वर्ष ०७१÷७२ मा एक लाख ३३ हजार मूल्य बराबरको मदिराजन्य पदार्थ बरामद गरी नष्ट गरेको छ । अघिल्लो आर्थिक वर्षमा भन्दा गत आवमा अवैध रुपमा मदिराजन्य पदार्थ बढी भित्रिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । अघिल्लो आवमा प्रहरीले रु एक लाख २५ हजार मूल्य बराबरको मदिराजन्य पदार्थ बरामद गरेको थियो ।

बरामद गरिएका मदिरा भन्सारमा दाखिला नहुने भएकाले प्रहरी, भन्सारका कर्मचारी, स्थानीयवासीको रोहवरमा नष्ट गरिने गरेको प्रहरी निरीक्षक पदम थपलियाले बताउनुभयो ।

प्रतिक्रिया