विपन्न परिवारलाई शौचालय

इनेप्लिज २०७२ भदौ १८ गते ५:२७ मा प्रकाशित

cartoon-toilet-1रामपुर (पाल्पा), १८ भदौ । वीरकोटका स्थानीयवासीले गरिब तथा विपन्न घरपरिवारलाई पक्की शौचालय बनाइदिएका छन् । वीरकोट गाविस–७ अफरडाँडाका दुई घरपरिवारलाई स्थानीयवासीले प्रत्येक घरधुरीबाट सहयोग रकम उठाएर शौचालय बनाइदिएका हुन् ।

आर्थिक अवस्था कमजोर भएका कारण शौचालयको अभाव भोगेका रामबहादुर कुँवर र जुद्धबहादुर कुँवरको घरपरिवारलाई अफरडाँडाका ९६ घरधुरीले श्रमदान र नगद रकम उठाएर शौचालय बनाइदिएका हुन् ।
त्यसैगरी वीरकोट गाविस–८ मोचाबारी निवासी शेषबहादुर गाहाका परिवारलाई पनि छिमेकीले रकम उठाएर शौचालय बनाइदिएका छन् । मोचाबारीका ४० घरधुरीले श्रमदान र नगद रकम उठाएर गाहाका परिवारलाई पक्की शौचालय बनाइदिएका हुन् ।

प्रतिक्रिया