झोलुङ्गेपुल निर्माणपछि दुई जिल्लाका बासिन्दालाई आवतजावतमा सहज

इनेप्लिज २०७२ भदौ १७ गते ४:२५ मा प्रकाशित

jholungeपाल्पा, १७ भदौ । जिल्लाको रामपुर नगरपालिका–९ देखि स्याङ्जाको साँखर गाविस–९ जोड्ने कालीगण्डकी नदीमा झोलुङ्गेपुल निर्माणपछि दुई जिल्लाका बासिन्दालाई आवतजावतमा सहज भएको छ ।

एक सय ४४ मिटर लम्बाइको सो पुल रु एक करोड २८ लाखको लागतमा बनेको हो । पुल बनेपछि चापाकोट, सेखाम, साँखर र रामपुर नगरपालिकामा हाट मेलामा किनमेल गर्न र आवतजावत गर्न सजिलो भएको जयनारायण न्यौपानेले बताउनुभयो ।

मिलनघाट झोलुङ्गेपुल निर्माण भएपछि लामो समयदेखि कालीगण्डकी नदीदेखि पाल्पा र स्याङ्जालाई जोड्ने आशा पूरा भएको छ । उपभोक्ता समितिका अध्यक्ष लेखनाथ पोखरेल झोलुङ्गेपुलको दुबै पक्षले संरक्षण गर्न आवश्यक रहेको बताउनुहुन्छ ।

प्रतिक्रिया