भारत जान लागेका दुई युवतीसहित पाँच पक्राउ

इनेप्लिज २०७२ भदौ १७ गते ३:१२ मा प्रकाशित

cheli-400x300इलाम, १७ भदौ । इलामको पूर्वी सीमावर्ती नाकाबाट दुई युवतीसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । सीमावर्ती नाका हुँदै भारत जान लागेका दुई युवती र तीन युवालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

इलामको समालबुङ र चिसापानी गाविसका दुई युवतीलाई माइती नेपालमा र पाँचथर तथा इलामकै तीन युवालाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको प्रहरी निरीक्षक पदम थपलियाले बताउनुभयो ।

भारतको दार्जिलिङस्थित बतासेमा रहेको पिसिडी कम्पनीमा काम गर्न जान बताए पनि बेचबिखन हुने डरले प्रहरीले सीमावर्ती क्षेत्रबाट युवायुवतीलाई भारत जान दिएको छैन । उनीहरुलाई आफन्त बोलाएर जिम्मा लगाइने माइती नेपालले जनाएको छ ।

भदौयता उक्त नाकाबाट १९ युवतीको उद्वार गरिएको छ भने पाँच पुरुष पक्राउ परेका छन् । तीमध्ये दुई पुरुष र एक महिला स्थानीय एजेन्टका रुपमा काम गरी युवतीलाई भारत लैजाने गरिएको अनुसन्धानबाट खुलेको माइती नेपाल पशुपतिनगर आवधिक गृहका संयोजक होम ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया