हवाई फायर तथा अश्रुग्यास प्रहार

इनेप्लिज २०७२ भदौ १६ गते १४:२९ मा प्रकाशित

paniko-fohora-300x196रौतहट, १६ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा तथा राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धनद्वारा संयुक्तरुपमा आयोजना गरिएको विरोध प्रर्दशनका क्रममा प्रहरीले आज हवाइ फायर तथा अश्र्रु ग्यास प्रहार गरेको छ ।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले एक राउन्ड हवाई फायर गर्नुका साथै अश्र्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रर्दशनकारीले पटक पटक निषेधित क्षेत्र तोडेर अगाडि बढ्न खोज्दा झडपसमेत भएको थियो ।

यसैबीच, जिल्ला प्रशासन कार्यालयले आजै एक अपिल जारी गर्दै निषेधित क्षेत्रमा कुनै प्रकारको सभा, प्रदर्शनलगायतका कार्यक्रम नगर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया