निषेधित क्षेत्रको समय चार दिनका लागि थप

इनेप्लिज २०७२ भदौ १६ गते १४:२७ मा प्रकाशित

परासी, १६ भदौ । नवलपरासीमा स्थानीय प्रशासनले लगाउँदै आएको निषेधित क्षेत्र घोषणाको समयावधि यही भदौ २० गतेसम्मका लागि थप गरिएको छ ।

निषेधित क्षेत्रको समय आज सकिएपछि सुरक्षा समितिको बैठक बसी आगामी भदौ २० गतेसम्मका लागि समयावधि थप गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताउनुभयो ।

स्थानीय प्रशासनले सुनवल–परासी सडक, पञ्चनगर सुनवल र परासी बजारलाई निषेधित क्षेत्र घोषणा गर्दै आएको थियो । अखण्ड नवलपरासीको मागसहित अखण्ड नवलपरासी सङ्घर्ष समिति र संयुक्त मधेसी मोर्चाले नवलपरासी बन्द आह्वान गरेपछि २५ दिनअघिदेखि लगातार परासीसहित दाउन्ने पश्चिमको जनजीवन प्रभावित बन्दै आएको छ ।

प्रतिक्रिया