संविधानसभा भवन अगाडि धर्ना
काठमाडौँ, १६ भदौ । धर्मनिरपेक्ष संरक्षण महासमितिले बहुधार्मिक देश नेपाललाई एकल धर्म राज्य नबनाउन माग गर्दै संविधानसभा भवन अगाडि आज धर्ना दियो ।
सहभागी बौद्ध, किरात, इस्लाम, इसाई र बोन धर्म गुरुले देशको कुनै धर्म हुन नहुने, सबै धर्मलाई समान अवसरको अनुभूति गराउनुपर्ने, धर्मका नाममा राज्यले गर्ने विभेदलाई अन्त्य गर्नुपर्ने, सबै धर्मको सहअस्तित्वको अनुभूत गर्न पाउनुपर्नेलगायत माग गरेका थिए ।
महासमितिका संयोजक फुपु छेम्बे शेर्पाले धर्म नितान्त व्यक्तिगत विषय भएकाले नयाँ संविधानमा सबै धर्मको अस्तित्वलाई सम्मान गरी धर्मनिरपेक्षता कायम गर्नुपर्ने माग गर्नुभयो ।
यसैबीच सोही आसपास क्षेत्रमा हिन्दू धर्मका विभिन्न सङ्घसंस्थाले हिन्दू राष्ट्र कायम गर्न माग गर्दै विरोध प्रदर्शन गरेका थिए । उक्त कार्यक्रममा श्रीनिवासाचार्यले बहुसङ्ख्यक हिन्दू धर्मावलम्बी भएको मुलुकमा उनीहरुको भावनालाई सम्बोधन गरी देशलाई हिन्दू राष्ट्र कायम गर्न माग गर्नुभयो ।
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
कोभिड-१९ बिरुद्ध खोप तथा ताजा जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने
जर्जियाका एक किशोरले आफू काम गर्ने बिशाल बजार पसलबाट करिव १० लाख डलर चोरी गरेको आरोपमा पक्राउ
अमेरिका र मेक्सिको सीमामा १९ जनालाई गोली हानी जलाईएका शव फेला
प्रतिक्रिया