जनकपुर तनावग्रस्त

इनेप्लिज २०७२ भदौ १६ गते १३:४१ मा प्रकाशित

जनकपुरधाम, १६ भदौ । प्रदर्शनकारी र प्रहरीबीच जारी झडपका कारण जनकपुर आज पनि तनावग्रस्त रह्यो ।

जनकपुरको जिरोमाइल, भानुचोक, शिवचोक, मुरलीचोक, श्यामचोकलगायतका स्थानमा भएको झडपका कारण अवस्था तनावग्रस्त बन्न पुगेको हो ।

दुवै पक्षबीच भएको झडपमा परी आजमात्रै १९ जना प्रदर्शनकारी घाइते भएका छन् । हनुमानगरका उमेश यादव र कुवाका दुलारचन खत्बे गोली लागी घाइते भएको र उनीहरूको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय धनुषाले आज मध्याह्नदेखि मुरलीचोकबाट जिल्ला अदालत, कोष लेखा नियन्त्रण कार्यालय, आन्तरिक राजस्व कार्यालयसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रतिक्रिया