पौडी खेल्ने क्रममा डुबेर तीनको मृत्यु

इनेप्लिज २०७२ भदौ १६ गते १३:४० मा प्रकाशित

रत्ननगर (चितवन), १६ भदौ । पूर्वी चितवनको खैरहनीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर आज तीनजनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी १४ वर्षीया आयुषा खातुन, १२ वर्षीया सुनिया खातुन र १७ वर्षीय सहवाद खातुन रहेको प्रहरीले जाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका–२ स्थित लदरी खोलामा पौडी खेल्ने क्रममा तीनैजना डुबेका थिए । डुबेर गम्भीर अवस्थामा निकालिएका उनीहरूको उपचारका क्रममा दिउँसो भरतपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया