पानीकै लागि एक घन्टा हिँड्नुपर्ने

इनेप्लिज २०७२ भदौ १६ गते ४:०० मा प्रकाशित

मङ्सिरी (जाजरकोट), १६ भदौ । यहाँको एक दुर्गम गाउँका स्थानीयवासी खानेपानीको अभावमा निकै समस्यामा परेका छन् ।

जिल्लाको खगेनकोट–९ मङ्सिरीका करिब ४० घरधुरी नजिक खानेपानी नहुँदा पानीका लागि एक घन्टा हिँड्न बाध्य हँुदै आएका छन् । बर्सेनि बर्खायाम र हिउँदयाममा यहाँका स्थानीयवासी खानेपानीको नहुँदा मारमा पर्दै आएको हिमालय प्रावि मङ्सिरीका निमित प्रधानाध्यापक हरिबहादुर सिंहले जानकारी दिनुभयो ।

मङ्सिरीका जनता वर्षांैदेखि खानेपानीको समस्याले गर्दा फोहोर खोलाको पानी खाँदा बेलाबेलामा विभिन्न पानीजन्य रोग लाग्ने गरेको सिंहले बताउनुभयो । मानिस र पशुचौपायालाई खानेपानीको स्रोत एउटै हँुदा पानीको निकै अभाव हुने गरिएको छ ।

पानीको मूल भएको भेगुनी खोला निकै अप्ठ्यारो र भिरालो ठाउँमा भएका र पानीको मूलनजिक नहुँदा यहाँका स्थानीयवासी खानेपानीको मारमा परेका हुन् । गाउँ, वडा र बस्ती स्तरको योजना छनोट गर्दा खानोपानीको समस्याको योजना छनोट गरी गाउँ परिषद्मा पठाउन लागेको वर्षांै बिते पनि सरोकारवालाको ध्यान नपुग्दा समस्यामा परेको स्थानीयवासीको भनाइ छ । अहिलेसम्म यो अति दुर्गम क्षेत्र भएकाले यहाँ कुनै पनि नेता तथा सरकारी कर्मचारी आएर कुनै सरकारी सेवा नदिएको यहाँका नागरिकको गुनासो रहेको छ ।

प्रतिक्रिया