एमालेले संविधान निर्माणमा अवरोध गर्ने कार्यकर्तालाई कारबाही गर्ने

इनेप्लिज २०७२ भदौ १६ गते ३:३३ मा प्रकाशित

sun-of-umlपाल्पा, १६ भदौ । नेकपा (एमाले) पाल्पाले आफ्ना कार्यकर्ताले संविधान निर्माण कार्यमा अवरोध गरे कारबाही गर्ने निर्णय गरेको छ ।

नेकपा (एमाले) पाल्पा सचिवालयको बैठकले सो निर्णय गरेको पार्टीका नेता दीपक विश्वकर्माले बताउनुभयो । संविधान जारी हुने दिन नजिकिँदै गर्दा मुलुकका विभिन्न स्थानमा अराजकता उत्पन्न गर्ने, हिंसा फैलाउने, जनताको असन्तुष्टिलाई गलत दिशामा मोड्ने र साम्प्रदायिक सद्भाव बिथोल्ने लगायतका गतिविधिले अब बन्ने संविधानलाई अवरुद्ध नगर्न पनि अनुरोध गरिएको छ ।

सामाजिक सद्भावसमेत खलबल्याउने निष्कर्षका साथ एमाले पार्टीका कुनै पनि कमिटी, सदस्य वा जनवर्गीय सङ्गठनका सदस्य यस्ता गतिविधिमा संलग्न नहुन र संलग्न भएमा पार्टीको विधानअनुसार कारबाही गर्ने निर्णयका साथ नयाँ संविधान निर्माणको पक्षमा वातावरण निर्माण गर्न अपिलसमेत बैठकले गरेको छ ।

प्रतिक्रिया