समयमै काम पुरा नगर्ने तनहुँका ५० वटा विद्यालयको खाता रोक्का

इनेप्लिज २०७२ भदौ १६ गते ३:२९ मा प्रकाशित

दमौली, १६ भदौ । गत वर्षको भौतिक पूर्वाधार कार्यक्रमअन्तर्गतको काम समयमै पूरा नगर्ने तनहुँका ५० वटा विद्यालयको खाता रोक्का गरेको जिल्ला शिक्षा कार्यालय तनहुँले जनाएको छ ।

कार्यालयका शव इन्जिनियर शम्भु पौडेलले भौतिक पूर्वाधारको काम असार मसान्तसम्ममा सकेर आउन भनिए पनि अहिलेसम्म पूरा नगर्ने ती विद्यालयको खाता रोक्का गरिएको उहाँले बताउनुभयोे ।

असोजसम्ममा समेत काम सकेर नआउने विद्यालयका प्रधानाध्यापकको तलब रोक्का गरिने सो कार्यालयले जनाएको छ । गत वर्ष भौतिक पूर्वाधार कार्यक्रमका लागि रु सवा चार करोड बराबरको कार्यक्रम वितरण गरिएको जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो । अघिल्लो वर्ष पनि भौतिक पूर्वाधार निर्माणको काम समयमै पुरा नगर्ने ६ दर्जनभन्दा बढी विद्यालयको खाता त्यसरी नै रोक्का गरिएको थियो ।

प्रतिक्रिया