राष्ट्रपतिलाई निर्वाचन आयोगका कामकारबाहीबारे जानकारी

इनेप्लिज २०७२ भदौ १४ गते १५:३५ मा प्रकाशित

Rambaranकाठमाडौँ, १४ भदौ । राष्ट्रपति डा रामवरण यादवसँग निर्वाचन आयोगका कार्यवाहक प्रमुख डा अयोदीप्रसाद यादवले आज राष्ट्रपति भवन शीतलनिवासमा भेटेर आयोगका कामकारबाहीबारे जानकारी गराउनुभएको छ ।

आयोगका कार्यवाहक प्रमुख यादवले मुलुकभर भइरहेको तस्बिरसहितको मतदाता नामावली सङ्कलन, निर्वाचन शिक्षा र आयोगका भावी कार्यक्रमका बारेमा राष्ट्रपति यादवलाई जानकारी गराउनुभएको हो ।

सो अवसरमा राष्ट्रपति डा यादवले आयोगले हालसम्म विश्वसनीय र अनुभवी तवरले काम गरेको सन्दर्भमा आगामी दिनमा पनि स्वच्छ र निष्पक्ष निर्वाचनको लागि आवश्यक तयारी गर्न आयोगलाई आग्रह गर्नुभएको आयोगका सचिव शारदाप्रसाद त्रितालले बताउनुभयो ।

प्रतिक्रिया