गुल्मी, १४ भदौ । प्राचीत र ऐतिहासिक मगरात भूमिलाई टुक्राटुक्रा बनाएको विरोधमा नेपाल मगर सङ्घ गुल्मीले गरेको बन्दको प्रभाव गुल्मीमा पनि परेको छ ।
नेपालको नयाँ संविधान निर्माणका क्रममा चार दलका शीर्ष नेताहरुले राज्यको पुनःसंरचनामा सङ्घीयताको सीमाङ्कन गर्दा मगरहरुको सघन बस्तीलाई छिन्नभिन्न बनाएर बिनाआधार तयार गरिएको अवैज्ञानिक र अव्यावहारिक सात प्रदेशको दोस्रो चरणको विरोध गर्दै आज १४ गते एक दिन मगरात बन्दको आह्वान गरिएको हो ।
नेपाल मगर सङ्घ जिल्ला कार्यसमिति गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामीद्वारा हस्ताक्षरित अपिल जारी गर्दै नेपाल मगर सङ्घ गुल्मीले आजको बन्द सफल पार्नका लागि सहयोग गर्न सबै पक्षसँग अनुरोध गरेको छ ।
बन्दले गर्दा आज निजी तथा सार्वजनिक सवारी साधन, कलकारखाना, शैक्षिक संस्थाहरु, पूर्णरुपमा बन्द भएका छन् भने प्रेस, एम्बुलेन्स, कूटनीतिक, दूधका गाडीलाई भने निर्वाध रुपमा चल्न दिएको मगर सङ्घ गुल्मीले जनाएको छ । बन्दको प्रभाव गुल्मीको सदरमुकाम तम्घासलगायत जिल्लाका विभिन्न स्थानमा परेको छ ।
प्रतिक्रिया