आचरण विपरीत काम गर्ने सात प्रहरीलाई कारबाही

इनेप्लिज २०७२ भदौ १४ गते १:४५ मा प्रकाशित

Nepal_Police_Insignia_20140220091129बुटवल (खस्यौली), १४ भदौ । प्रहरी अनुशासन र आचरण विपरीत काम गर्ने सात प्रहरी विरुद्ध इलाका प्रहरी कार्यालय बुटवलले अनुशासनको कारबाही सुरु गरेको छ ।

अरुलाई अनुशासन र आचरणको पाठ सिकाउने प्रहरी आफैँ आचरण विपरीत काम गर्न नहुने भन्दै प्रहरी युनिटभित्रै शुद्धीकरणको अभियान सुरु गरेको प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले जानकारी गराउनुभयो ।

आफ्नो युनिट इलाका प्रहरी कार्यालय तथा मातहतका कार्यालयमा कार्यरत प्रहरीलाई अनुशासन र आचरणमा रहेर काम गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

प्रहरी आचरण र अनुशासनमा रहेर काम नगर्ने प्रहरीलाई कारबाहीको दायरामा ल्याउने उहाँले बताउनुभयो ।

आइतबार बुटवलमा क्रियाशील पत्रकारसँग भेटघाट तथा परिचयात्मक कार्यक्रममा पत्रकारले बुटवटको शान्ति सुरक्षा, यहाँको लागुऔषध कारोबारको बढ्दो समस्या, सो कार्यालयको सूचना प्रणाली चुस्त बनाउन सुझाव दिएका थिए ।

प्रतिक्रिया