सोमबार, माघ १२ २०७७
काठमाडौं २१:४३
वासिङटन डिसी 10:58

आफ्नो हकअधिकारका लागि आन्दोलनमा उत्रेका हौँ: अध्यक्ष यादव

इनेप्लिज २०७२ भदौ १३ गते १५:३६ मा प्रकाशित

Upendra-Yadav1महोत्तरी, १३ भदौ । सङ्घीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले विगतमा गरिएको सम्झौता लत्याएर नयाँ संविधान जारी गर्न खोजेकाले आफ्नो हकअधिकारको लागि आन्दोलनमा उत्रेको बताउनुभयो ।

आज महोत्तरीको सम्सीमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले नयाँ संविधानमा आपूmहरुको अधिकार स्थापित गर्नको लागि सदन छाडेर आन्दोलनमा उत्रिनु परेको बताउनुभयो ।

वर्षौदेखि दबिएर रहँदै आएको मधेसी समुदायको हकअधिकार कुण्ठित गर्न खोजेकाले हकअधिकार, स्वाभिमानता, पहिचानको लागि सडकबाटै अवाज बुलन्द गरिनुपर्ने आवश्यक रहेको उनको भनाइ रहेको थियो ।

प्रतिक्रिया