दमौली, १२ भदौ । तनुहुँको मनपाङ–१ छबिसेमा आज साँझ भएको यात्रुवाहक बस दुर्घटनामा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने १९ यात्रु घाइते भएका छन् ।
बसले च्यापिएर मृत्यु हुनेमा जामुने–४ बस्ने २५ वर्षीय विष्णुबहादुर आले रहेको घटनास्थल पुगेका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।
दुर्घटनामा परी गम्भीर घाइते हुने दुईजनालाई सेतीगङ्गा सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको र अन्य घाइतेको सोही अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।
पोखराबाट मुग्लिनका लागि छुटेकोे ना.५ ख ७२२७ नम्बरको व्यासभूमि यातायातको बस सडकबाट २० फिट तल खसेर दुघर्टनाग्रस्त भएको हो ।
प्रतिक्रिया