बनेपा, १२ भदौ । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–११ स्थित गोसाइँकुण्डमा आज बिहानदेखि जनैपूर्णिमा मेला लागेको छ ।
सो मेलामा रक्षाबन्धन गर्ने भक्तजन र तागाधारीले जनै फेर्न भीड लागेको हो ।
वर्षौंदेखि जैनपूर्णिमाका दिन मेला लाग्दै आएको सो स्थानमा भगवान् शिवले एकरात बिताएको र त्यहाँ गएर दर्शन तथा पूजाआजा गर्नाले मोक्ष प्राप्त हुने धार्मिक जनविश्वास रहिआएको छ ।
पण्डित प्रकाश ढुङ्गेलले आजको दिन गोसाइँकुण्डमा २१ कुलपृत्रीको समेत उद्धार हुने धार्मिक विश्वास रहेको बताउनुभयो ।
सो स्थानबाट पवित्र नैमिषारण्या क्षेत्रसमेत नजिकै पर्छ यसबाहेक जिल्लाको पोखरी नारायण स्थानलगायतका शक्तिपीठमा पनि जनैपूर्णिमाको अवसरमा भीडभाड बढेको छ । सो स्थानमा बनेपाको पुडोलबाट झन्डै आधा घन्टा पैदलयात्रामा पुगिन्छ ।
प्रतिक्रिया