मेरोखबर संचारकर्मी सम्मानित

इनेप्लिज २०७२ भदौ ११ गते १४:३२ मा प्रकाशित

0काभ्रे, ११ भदौ (८ अगस्ट) / २०६२-६३ को जनआन्दोनको क्रममा २०६२ साल चैत्र २७ गते प्रहरीको गोली लागी घाईते भएका जिउँदो सहिद मुकेश कायस्थ २५ बर्ष प्रवेश गरेको अवसर पारी मुकेश कायस्थ प्रतिष्ठानले शुक्रबार एक कार्यक्रमको आयोजना गरि काभ्रेका संचारकर्मी सहित मेरोखबर डट नेटका नेपाल रिर्पोटर नवराज बजगाईलाई सम्मान गरेको छ ।

लामो समयदेखि अर्धचेत अवस्थामा रहेका जनआन्दोलन २ का जिउँदा सहिद मुकेश कायष्ठको बारेमा निरन्तर कलम चलाए बापत प्रतिष्ठानले सम्मान गरेको हो ।
नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्ट, बरिष्ठ साहित्यकार मोहन दुवाल, पुर्वसभासद् कृष्णप्रसाद सापकोटा, प्रतिष्ठानका अध्यक्ष हिरा शर्मा नेपाल लगायतले संचारकर्मीलाई सम्मान गर्दै मुकेशको जीवनका विषयमा चर्चा गरेका थिए ।
मुकेश कायस्थ प्रतिष्ठानको आयोजनामा बनेपाको अरनिको सभा भवनमा मुकेशको जन्म जयन्ति मनाइएको हो । कार्यक्रममा जनआन्दोलनको समयमा प्रहरीको गोली लागि घाइते भएका मुकेशलाई अस्पतालसम्म पुरयाउने संचारकर्मी देवराज केसीलाई पनि नगद सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै मुकेशकी आमा मिरा कायस्थले मुकेशको सपना भनेको गणतान्त्रिक संविधान भएकोले छिटोभन्दा छिटो मुलुकले गणतान्त्रिक संविधान पाए मात्र आफूहरु खुसी हुने बताइन् ।
पछिल्लो समयमा मुलुकका विभिन्न क्षेत्रमा भएका आन्दोलन र संविधान निर्माण प्रकृयामा भएको ढिलाई प्रति कायस्थले असन्तुष्टि राखिन् । कार्यक्रममा बोल्दै मुकेशकी आमा मिराले आफ्नो छोरा लोकतन्त्रका लागि लड्ने क्रममा घाईते भएर अचेत भएपनि अब कुनैपनि नेपालीले लोकतन्त्रका लागि लड्नुनपरोस् भनेर भगवानसँग प्रार्थना गरेको बताइन्. । ‘देशमा शान्ति, सुव्यवस्था आओस्, घाईते र सहिदले गरेको बलिदान खेर नजाओस्’ मिराले थपिन् । मिराले देशका सबै दलका नेता मिलेर शान्ति सुव्यवस्था ल्याएर सबै नेपाली जनतालाई सुहाउने संविधान ल्याउन माग गरेकी छिन् । ‘संबिधान निर्माण भएको दिन अरु जनता जस्तै म पनि धेरै खुसी हुने थिँए’ मुकेशकी आमा मिराले भनिन् । ‘मुकेशले कुनै पनि पार्टीका लागि नलडेकाले गर्दा मुकेस प्रतिष्ठानलाई राजनीतिक पार्टीहरुले कुनै एउटा पार्टीको नसोचीदिन आग्रह गर्दछु’ आमा मिराले भनिन् ।
तत्कालिन राजा र उनको निरंकुश शासनविरुद्धको आन्दोलनमा गोली लागेका मुकेश कायस्थ अहिले युवा भइसके । तर, यो दश बर्ष उनको ओछ्यान भन्दा बाहिर वितेन । उनको होस केही मात्रामा खुले पनि अहिलेसम्म पूर्णचेत आएको छैन ।
१९ दिने जनआन्दोलन सफल पार्नका लागि बनेपाको तीनदोबाटोमा निस्केका मुकेशलाई जनआन्दोलनको समयमा २०६२ साल चैत २७ गते प्रहरीले हानेको गोली बाँया कञ्चटमा लागेर गम्भीर घाइते भएका मुकेश घटना भएको दश बर्षसम्म पनि अर्धचेत अवस्थामै छन् ।
प्रहरीको गोली लागि घाईते भएका मुकेशको उपचार गर्नका लागि विभिन्न अस्पतालहरुमा लगिएपनि केहि गरेपनि उनको होस् खुल्न नसकेको हो ।
प्रहरीको गोली लागेर गम्भीर घाइते भएका बनेपा–६ का मुकेश त्यतिखेर १५ बर्षका मात्र थिए । मुकेश अहिले २५ बर्षका भएका छन्

प्रतिक्रिया