बिहीबार, मंसिर ११ २०७७
काठमाडौं १८:००
वासिङटन डिसी 07:15

धनगढीमा आज पनि निषेधाज्ञा

इनेप्लिज २०७२ भदौ ९ गते ४:२३ मा प्रकाशित

धनगढी, ९ भदौ । टीकापुरको घटनापछि शान्तिसुरक्षाको स्थिति थप बिग्रन नदिन कैलालीको सदरमुकाम धनगढी नगर क्षेत्रमा आज बिहान ११ देखि साँझ ६ बजेसम्म निषेधाज्ञा आदेश जारी गरिएको छ ।

मङ्गलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकमा भएको छलफलपछि धनगढी नगर क्षेत्रमा आज पनि निषेधाज्ञा लगाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसअघि स्थानीय प्रशासनले मङ्गलबार धनगढी नगर क्षेत्रमा बिहान ११ देखि साँझ ७ बजेसम्म निषेधाज्ञा लगाएको थियो । निषेधाज्ञासँगै यहाँका सडक, बस्ती सुनसान बनेका छन् । सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । सर्वसाधारणमा एक खालको सन्त्रास फैलिएको भए पनि शान्तिसुरक्षाको स्थिति भने सामान्य बन्दै गएको छ ।

प्रतिक्रिया