शुक्रबार, असार १७ २०७९
काठमाडौं ०१:३८
वासिङटन डिसी 15:53

साढे पाँच किलो चरेस बरामद

इनेप्लिज २०७२ भदौ ८ गते १६:१६ मा प्रकाशित

Chares-brown-sugerकाठमाडौँ, ८ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाँच किलो ५४४ ग्राम चरेस फेला परेको छ ।

नेपालबाट भारतको नयाँदिल्ली जान लागेको जेट विमानमा आइएसी कुरियरमार्फत लैजाने क्रममा आज जाँच हुँदा सो परिमाणको चरेस फेला परेको प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “५६ वटा डायरीमा लुकाई दिल्ली लैजान लागेको बेला चेकजाँचको क्रममा फेला पारेका हौँ ।”

उहाँले घटनाको अनुसन्धान गर्न कुरियरका दुई कर्मचारीलाई नियन्त्रणमा लिई सोधपुछ गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया