दुई गाविसमा उत्थानशील परियोजना सुरु
इलाम, ४ भदौ । इलामको जितपुर र सिद्धिथुम्का गाविसमा यसै वर्षदेखि सामुदायिक उत्थानशील परियोजना सुरु भएको छ ।
फिनिस रेडक्रस र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको संयुक्त सहयोगमा ती गाविसमा सन् २०१५ जनवरीदेखि परियोजना सुरु भएको हो । परियोजनाको पहिलो चरणमा १८ वटा वडामा वडास्तरीय विपद् व्यवस्थापन समिति र गाविसस्तरीय विपद् व्यवस्थापन समिति गठन गरिएको छ । विपद् न्यूनीकरणका लागि सञ्चालित परियोजनाअन्तर्गत वृक्षरोपण, जीविकोपार्जन, संस्थागत क्षमता विकास, साक्षरता अभियानलाई सहयोग, स्वास्थ्य, शिक्षा तथा सरसफाइ लगायतका कार्यक्रम सञ्चालन गरिने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा इलामका सभापति देवीप्रसाद गौतमले जानकारी दिनुभयो ।
चार वर्षसम्म सञ्चालन हुने परियोजनाको पहिलो वर्षका लागि फिनिस रेडक्रसले रु ३५ लाख आर्थिक सहयोग गरेको रेडक्रस जिल्ला शाखाले जनाएको छ । परियोजनाअन्तर्गत नै दुईवटा गाविसका एक÷एकवटा सामुदायिक विद्यालयमा खानेपानी र शौचालय निर्माण गरिने, चेतनामूलक मुहान सुधार कार्यक्रम गरिने छ । विपद् जोखिमका हिसाबले बढी जोखिम भएका गाउँमा परियोजना सञ्चालन गरिएको हो ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया