दोहोर भिडन्तमा गुण्डा नाईके घैटेको मृत्यू (भिडियोसहित)

इनेप्लिज २०७२ भदौ ३ गते १३:३२ मा प्रकाशित

Bashuकाठमाडौ, ३ भदौ । प्रहरीसँगको दोहोरो भिडन्तमा सख्त घाईते भएका मोष्ट वाण्डेट डन कुमार घैटेको मृत्यू भएको छ । उनको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यू भईसकेको अस्पताल स्रोतले जनाएको छ । तर यसको अहिलेसम्म प्रहरीले आधिकारिक रुपमा पुष्टि गरेको छैन । उनका दुई सहयोगी गोली लागि सख्त घाईते भएका छन । घैटेको सामाखुसी कपुरधारा स्थित घरमा खानतलासी गर्न गएको प्रहरी टोलीमाथि लक्षित गरेर घैटेको समूहले गोली प्रहार गरेपछि दोहोरो भिडन्त भएको थियो । सो क्रममा घैटे र उनका दुई सहयोगीलाई गोली लागेको प्रहरीले जनाएका छ । घैटेको साथबाट एक थान रिवाल्वर फेला परेको छ । अपराध अनुसन्धानको टोलीले अप्रेसन गरेको बताईएको छ ।

प्रहरीको मोष्ट वाण्टेड सूचिमा रहेका घैटेलाई केही समयदेखि प्रहरीले खोजिगरिरहेको थियो । उनले विगत लामो समयदेखि सामाखुसी र गगबु क्षेत्रमा गुण्डागर्दी गर्दै आएका थिए ।यस अघि नयाँ बजार क्षेत्रका डन दिनेश अधिकारी चरीलाई पनि प्रहरीको ईन्काउण्टरमा मारिएका थिए ।

प्रतिक्रिया