‘राष्ट्रिय सहकारी सङ्ग्रहालय’ स्थापना

इनेप्लिज २०७२ भदौ ३ गते २:०९ मा प्रकाशित

रत्ननगर (चितवन), ३ भदौ । चितवनको शारदानगरमा रहेको बखान बहुउद्देश्यीय सहकारी संस्थाले ‘राष्ट्रिय सहकारी सङ्ग्रहालय’ स्थापना गरेको छ ।

विसं २०१३ चैत २० गते स्थानीयपासी बखानसिंह गुरुङको नेतृत्वमा यहाँ नेपालमै पहिलो सहकारी खुलेको थियो । ६० जना सदस्य मिलेर १०/१० रुपैयाँ उठाई ६०० जम्मा गरेर थालनी गरिएको सहकारीमा अहिले २०५ जना सेयर सदस्य पुगेका छन्

सङ्ग्रहालयको तत्कालीन समयमा भएका पुराना ऐतिहासिक सामान, कागजपत्र र दस्तावेज राखेर खुला गरिएको संस्थाका अध्यक्ष मोहनसिंह लामाले बताउनुभयो । यस्तै किसानले प्रयोग गर्ने हलो, कोदालो, जुवा, दाँदे, छत्रीलगायतका सामग्री सङ्ग्रह गरिएको छ ।
विसं २०७० मा यहाँ सङ्ग्रहालय स्थापनासँगै विभिन्न कार्यक्रम सञ्चालन गर्न गुरुयोजना बनेको छ । रु ३० करोडभन्दा बढीको गुरुयोजनामा सङ्ग्रहालयसँगै सहकारी पाठशाला, पुस्तकालय तथा तालिम केन्द्र बनाउने योजना छ ।
बखान सहकारीबाट सुरु भएको सहकारी अहिले नेपालमा ३३ हजारभन्दा बढी भइसकेको छ । चितवनमा मात्रै ६०० भन्दा बढी सहकारी छन् ।

प्रतिक्रिया