सोमबार, जेठ २ २०७९
काठमाडौं २२:०६
वासिङटन डिसी 12:21

नगदहमा दर्शनार्थीको भीड

इनेप्लिज २०७२ भदौ २ गते ४:५६ मा प्रकाशित

ललितपुर, २ भदौ । ललितपुरको धापाखेलस्थित नागदहमा आज बिहानदेखि नै दर्शनार्थीको ठूलो भीड लागेको छ ।

नागपञ्चमीका दिन नागदहमा काली नागको पूजा गर्न स्थानीय धापाखेल, सुनाकोठी, हरिसिद्धि, ठेचो, चापागाउँ, झरुवारशीलगायत उपत्यकाभित्रका विभिन्न ठाउँबाट ठूलो सङ्ख्यामा दर्शनार्थीको भीड बर्सेनि लाग्ने गरिएको छ ।

खेतीपातीमा कृषकका लागि रोपाइँमा आवश्यक पर्ने पानी ल्याएर सहयोग गरिदिने नागको सम्झनास्वरुप आजको दिन नागको पूजा गर्ने परम्परा चल्दै आएको विश्वास गरिन्छ । लगनखेलबाट पाँच किलोमिटरको दूरी दक्षिणी भेगमा पर्ने करिब २५ रोपनी क्षेत्रमा फैलिएको उक्त दहमा काली नाग भएको जनविश्वास रहेको स्थानीयवासी उद्धव बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया