दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
इनेप्लिज
२०७२ भदौ २ गते ४:२९ मा प्रकाशित
रत्ननगर (चितवन), २ भदौ । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको भण्डाराको सुन्दरबस्तीमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । एक गम्भीर घाइते भएका छन् ।
ना २७ प ९२०९ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक कोराक गाविस–१ का २७ वर्षीय बाबुराम तामाङको मृत्युभएको हो ।
मङ्गलबार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका तामाङको उपचारका लागि भरतपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्युभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ । सो दुर्घटनामा परी घाइते साइकल चालक १५ वर्षीय नवल पराजुलीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया