हत्यामा सङ्लग्न अभियुक्त सार्वजनिक

इनेप्लिज २०७२ भदौ १ गते १५:२१ मा प्रकाशित

Rss_Images_1439907329874_AR-KTM-Hattaraya-1काठमाडौँ, १ भदौ । महानगरीय अपराध महाशाखा टेकुले राजेश्वर तामाङको हत्यामा सङ्लग्न अभियुक्तलाई सार्वजनिक गरेको छ ।

काठमाडौँ नेपालटार बस्ने नुवाकोट उर्लेनी गाविस–२ काल्चेका मिस्त्री र ठेकेदार काम गर्ने ३४ वर्षीय ‘अमर’ भन्ने ध्रुवबहादुर तामाङलाई आज सार्वजनिक गरेको हो ।

अभियुक्तलाई गर्दै वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले मृतकका भाइले आफ्ना दाजु बेपत्ता भएको प्रहरीलाई निवेदन दिएपछि खोजतलासको क्रममा इलाका प्रहरी कार्यालय खरानीटार नुवाकोटको सहयोगमा अभियुक्त पत्ता लागेको बताउनुभयो ।

मृतकको शरीर गत साउन ३० गते काभ्रेस्थलीमा मृत अवस्थामा फेला परेको थियो ।

अभियुक्तले मृतक राजेश्वरलाई साउन २० गते खुकुरीले घाँटी रेटी हत्या गरेको बयान दिएको वरिष्ठ प्रहरी उपरीक्षक खनालले बताउनुभयो । महाशाखाले अभियुक्त तामाङलाई आवश्यक कानुनी कारबाहीको लागि आजै महानगरीय प्रहरी वृत्त बालाजुमा पठाएको छ ।

यस्तै प्रहरीले विदेश पठाउने वहानामा मानव तस्करी गरेको भन्दै उपत्यकामा रहेका १५ भन्दा बढी कन्सल्टेन्सीमा छापा मारेको छ ।

प्रतिक्रिया