आइतबार, जेठ ३० २०७८
काठमाडौं २३:३३
वासिङटन डिसी 13:48

युवकको शव फेला

इनेप्लिज २०७२ भदौ १ गते ४:४० मा प्रकाशित

पाँचथर, १ भदौ । पाँचथरको सदरमुकाम फिदिममा एक युवकको शव फेला परेको छ ।

फिदिम–४ चारबारेका बुद्ध तामाङ मृत अवस्थामा फिदिम उच्च माविको खेलमैदानमा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सड्तीस वर्षीय तामाङ बिहान ९ बजे खाना नखाई नुहाउन भन्दै घरदेखि निस्केको पारिवारिक स्रोतले जनाएको छ । जिल्ला अस्पताल पाँचथरमा तामाङको शव परीक्षण गरिएको प्रहरी निरीक्षक रविराज थपलियाले बताउनुभयो ।

प्रतिक्रिया